जसपाले ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

जसपाले ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने



काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)ले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएको छ । जसपाले संविधानको धारा ७६(५) अनुरुप बन्ने सहमतीय सरकारको प्रधानमन्त्रीमा पार्टी अध्यक्ष ठाकुरलाई प्रस्ताव गर्ने भएको हो ।

यसबारेमा पार्टीमा पनि अनौपचारिक रूपमा छलफल भएको बताइएको छ । शुक्रबार बिहानै पार्टी अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई प्रधानमन्त्री बनाउन आह्वान गरिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पाँच बजेसम्म संविधानको धारा ७६(५) अनुरुप प्रधानमन्त्री बन्‍ने एथेष्ट आधारसहित नाम पेश गर्न आह्वान गरेकी छन् ।जसपा कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिह्याक राईले ठाकुरलाई सहमतीय प्रधानमन्त्रीमा अधि सार्ने सहमति पार्टीमा पहिल्यै भइसकेको बताएका छन्।

अहिले जसपामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने वा विपक्षी दललाई समर्थन गर्ने भन्‍नेमा दुई धार छ ।

मध्यरातमा प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुर र नेता महतोलाई राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा लिएर गएका थिए । कांग्रेसले जसपाको प्रस्ताव नमानेमा रातभर भएका क्रियाकलाप अनुरुप नै अघि बढ्न सक्ने राईले बताएका छन् । राति ठाकुर र महतोको भेटबारे पार्टीलाई कुनै औपचारिक जानकारी नरहेको उनले बताए ।