जसपालाई सूर्य थापाले फर्काए यस्तो जवाफ - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

जसपालाई सूर्य थापाले फर्काए यस्तो जवाफ



काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिज्ञप्ती निकालेर समाजवादी पार्टीले जारी गरेको विज्ञप्तीमा रहेका शब्द र भाषाप्रति गम्भिर आपत्ती रहेको जनाएका छन्।

जनता समाजवादी पार्टीले हालै जारी गरेको विज्ञप्तीप्रति ध्यानाकर्षण भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। साउन २५ गते समाजवादी पार्टीले एउटा विज्ञप्ती जारी गर्दै सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको थियो।

‘केपी ओली सरकारके कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ। वर्तमान सरकार बनेदेखि नै संघीय, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्र सहित पहिचान र अधिकारका लागि जनातले उठाएका मागलाई जातिवादको रुपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको बिउ रोप्ने काम गर्दैछ’ समाजवादीको विज्ञप्तीमा भनिएको थियो।

प्रधानमन्त्री कार्यालयलको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ । पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो।’

‘जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो यो कुनै नौलो कुरा होइन। आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ’ थापाले भनेका छन् ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन्। अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ।’

उनले प्रधानमन्त्रीको आलोचना र गाली कुनै नौलो होइन भनेका छन्।