जसपाको निर्णय: ओलीको पक्षमा मत दिन नपाइने, विपक्षमा मत दिन पाउने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

जसपाको निर्णय: ओलीको पक्षमा मत दिन नपाइने, विपक्षमा मत दिन पाउने



काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । यससँगै विपक्षमा भने मतदान गर्न पाउने निर्णय गरेको छ ।

जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो ।

पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको हो ।

जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्षमा मत हाल्न नपाइने विपक्षमा भने सांसदले विवेक प्रयोग गर्न पाउने निर्णय गरेको हो ।

आज बसेको पदाधिकारी बैठकबारे जानकारी दिँदै अध्यक्ष उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय सर्वसम्मत भयो । तर, उसको विरुद्धमा हाल्ने वा भोट नै नहाल्ने चाहिँ सांसदको इच्छा हो ।’