छलफलका लागि जसपाका नेतालाई ओलीले डाके
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूलाई छलफका लागि बालुवाटार बोलाएका छन् । सत्ता समीकरणबारे दलहरुबीच तिब्र छलफल चलिरहेको बेला प्रधानमन्त्री ओलीले उनीहरूलाई बोलाएका हुन् ।
आजै जसपाको संसदीय दलको बैठक बसेर मुख्य तीन दलसंग सट्टा साझेदारीका बिषयमा वार्ता गर्ने निर्णय गरेका थिए । बैठक लगत्तै प्रधानमन्त्री ओलीले उनीहरूलाई बोलाएका हुन् ।
बिहिबार साँझ ५ बजे जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका हुन् ।
यसअघि पनि जसपाका नेताहरुले यो विषयमा प्रधानमन्त्रीसँग एक चरण छलफल गरिसकेका छन् । आजको वार्तामा जसपाले सत्ता सहकार्य र रेशम चौधरीको रिहाइसहितका विषयमा छलफल गर्ने बुझिएको छ ।
जसपा नेपालले सत्ता सहकार्यका लागि अहिलेसम्म आफ्नो प्रस्ट धारणा सार्वजनिक गरिसकेको छैन ।