जसपामा पद गुमाएका दुई नेता पनि बने मन्त्री
बुटवल- जनता समाजवादी पार्टीका २ जना सांसद पद गुमाएका नेताहरू सन्तोष पाण्डे र बिजय बहादुर यादव पुनः मन्त्री भएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बांकेका विजयबहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।
पाण्डे र यादवले यश अघि नै सम्हाल्दै आएको भौतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनिहरु दुवै पार्टिको सिफारिसपछि सांसद पदमुक्त छन् ।