जसपा बहुमतको निर्णय: महतो दलको नेताबाट हटाइए, ठाकुरसहित चार नेतामाथि कारबाही - Himal Post Himal Post
  • १६ माघ २०८१, बुधबार
  •      Wed Jan 29 2025
Logo

जसपा बहुमतको निर्णय: महतो दलको नेताबाट हटाइए, ठाकुरसहित चार नेतामाथि कारबाही



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को बमहुत पक्ष उपेन्द्र समुहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही गर्ने भएको छ । शनिबार बसेको कार्यकारीणी बैठकले चार नेतालाई कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

त्यस्तै राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको बताइएको छ । पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा चयन गरेको भन्दै बैठकले उनको पदलाई खारेज गरेको बताइएको छ ।

बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो। उपेन्द्र यादवको अध्यक्षमा बहुमत कार्यकारीणी बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गछौं भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका पछिल्ला गतिविधिका कारण कारबाही थालिएको एक नेताले बताए ।

उनकाअनुसार विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन वा निस्कासन गर्नेसम्म कारबाही हुनसक्छ ।