महन्थ ठाकुर र राजेन्द्र महतोसहित १७ जनालाई कार्यकारिणी सदस्यबाट जसपाले हटायो
काठमाडौं- जनता समाजवादी पार्टीले महन्थ ठाकुरसहित १७ जनालाई पार्टीको कार्यकारिणी सदस्यबाट हटाएको छ । अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा भएको पार्टी आधिकारिकतासम्बन्धी सनाखतमा आफ्नो पक्षमा हस्ताक्षर नगर्ने सबैलाई कार्यकारिणी सदस्यबाट हटाएका हुन् ।
कारबाहीमा पर्नेमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा लाग्ने १६ जना र तटस्थ बसेका थुनामा रहेका सांसद रेशम चौधरी छन् ।
जसपाको बैठकले लुम्बिनी प्रदेशसभाका तीनजना सांसदलाई निलम्बन गरेको छ । पटक–पटक पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डे लम्साल निलम्बित भएका हुन् ।