जसपाका चार सांसद हेरेको हेर्यै
काठमाडौं- कारबाहीमा परेका लुम्बिनी प्रदेशका जसपाका चार सांसद हेरेको हेर्यै बनेका छन् ।
कारबाही बदर गर्न सर्वोच्च अदालत पुगेका उनीहरूको रिट अदालतले दर्ता नगरेपछि उनीहरू रित्तो हात फर्किने भएका छन् । लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यको रिट अदालतले दर्ता गर्न नमानेको हो ।
प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट दर्ता गर्न आइतबार सर्वोच्च अदालत पुगेका थिए ।
तर, सर्वोच्च अदालतले कोभिड १९ का कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले चार सांसदको रिट दर्ता नभएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।