कांग्रेसलाई समर्थन गर्न नसक्ने जसपाको संकेत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सोचेजस्तो बन्न सकेन ।
देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा नेताहरुबीच आधा घण्टा छलफल भएको थियो । छलफलमा सभापति देउवाले नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग समर्थन मागेका थिए ।
माओवादी केन्द्र देउवाको प्रस्तावमा सकारात्मक देखिएपनि जसपाले भने तत्काल यसको सम्भवाना नभएको बताएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरी लगायतको मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसकेको हुनाले आफूहरु अहिले सरकार गठनबारे छलफलमा नरहेको बताए ।
ठाकुरले देउवाबाट सरकार गठनका लागि पहिलो पटक प्रस्ताव आएकाले पार्टीभित्र छलफल गरी कुरा अगाडी बढ्ने बताए । तर प्रधानमन्त्रीले आफ्ना मागहरु सम्बोधनका लागि काम अघि बढाएकाले सम्भावना नरहेको संकेत भने उनले गरे ।