जसले श्रीमतीको हत्या गरी आलुबारीमा खाल्डो खनेर गाढे - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

जसले श्रीमतीको हत्या गरी आलुबारीमा खाल्डो खनेर गाढे



पाँचथर– श्रीमतीको हत्या गरी प्रहरीसँग श्रीमती हराएको भनेर नाटक गर्ने फिदिम नगरपालिका ३ सिलौटी बस्ने बर्ष ६१ को डिक बहादुर सुनुवार मुखियालाई प्रहरीले पक्राउ गरेको छ।

उनले आफ्नै श्रीमती बर्ष ४२ कि गंगामाया सुनुवार मुखियाको हत्या गरेका हुन्। फागुन ५ गते उनले हत्या गरेका हुन्। हत्यापछि पक्राउ नपर्न श्रीमती हराएको भन्दै प्रहरी र गाउँलेसँग नाटक गरेका थिए।

प्रहरीका अनुसार हत्यापछि उनले श्रीमतीको शव घर अगाडि आलुबारीमा खाल्डो खनेर गाढेका थिए। त्यसपछि प्रहरी चौकी पौवामा श्रीमती हराएको भन्दै उजुरी दिएका थिए।

उनीमाथि शंका लागी सई बिष्णु खड्का कमाण्डको प्रहरीले सोधपुछ गरेको थियो। जसक्रममा उनले हत्या स्वीकारेका हुन्। आवेगमा आएर श्रीमतीको हत्या गरेको र फस्ने डरले यस्तो नाटक गरेको उनले बताएका छन्। शव गाढेको ठाउँमा प्रहरीले उत्खनन गरेको छ।