विदेशी पर्यटकलाई ५० हजार टिकट नि: शुल्क बाँड्दै जापान एयरलाइन्स - Himal Post Himal Post
  • १३ मंसिर २०८१, बिहीबार
  •      Thu Nov 28 2024
Logo

विदेशी पर्यटकलाई ५० हजार टिकट नि: शुल्क बाँड्दै जापान एयरलाइन्स



एजेन्सी- जापान एयरलाइन्सले विदेशी पर्यटकलाई आन्तरिक उडानका लागि ५० हजार राउन्ड-ट्रिप टिकट नि:शुल्क वितरण गर्ने भएको छ ।

पर्यटकलाई जापानका अति कम भ्रमण गरिएको क्षेत्रमा पर्यटकलाई घुम्‍न प्रेरित गर्ने उद्देश्यले आगामी जुलाई १ देखि सेप्टेम्बर ३० सम्मका लागि ५० हजार टिकट वितरण गर्ने भएको हो ।

फ्रि-टिकट प्राप्त गर्न यात्रुले जापान बाहिरबाट नाम दर्ता गराउनुपर्नेछ । यद्पि जापानका कुन स्थानको टिकट नि:शुल्क हो भन्‍ने विषय भने नाम दर्ता गरेको केही समयसम्म गोप्य राखिने जनाइएको छ ।

जापान एयरलाइन्सले यात्रुलाई चारवटा स्थानीय गन्तव्य छनोट गर्ने अवसर प्रदान गर्नेछ । उक्त गन्तव्यमा जापानको टोकियोस्थित हनेडा विमानस्थल, ओसाकाको इटामी र कान्साइ विमानस्थलबाट उडान गरिनेछ ।

परिवार अथवा साथीभाइसँगै घुम्‍न चाहनेहरुले चारजनाको समूह बनाएर पनि नाम दर्ता गराउन सक्‍नेछन् । आवेदकले आवेदन भरेको तीन दिनभित्र नि:शुल्क टिकट परे अथवा नपरेको नतिजा पाउनेछन् ।

नि:शुल्क टिकटको विस्तृत जानकारी जनवरी सुरुमा सार्वजनिक गरिने फेब्रुअरी अन्तिमतिर आवेदन खोल्‍ने जनाइएको छ । नि:शुल्क टिकट पहिलो ५० हजारलाई प्रदान गरिनेसमेत जनाइएको छ ।

जापानले आगामी वर्ष समर ओलिम्पिक खेलकुद पनि आयोजना गर्दैछ । समर ओलिम्पिक सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको छ । सन् २०२० मा ओलिम्पिक पनि हुने भएकाले करिब एक करोड पर्यटक भित्रिने अपेक्षा गरेको छ ।