अब जम्मा ४५ हजार लागतमा जापान - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

अब जम्मा ४५ हजार लागतमा जापान



काठमाडौं–अब रु ४५ हजारमै जापान जान पाइने भएको छ । कामदार, बिद्यार्थी र अन्य गरी लाखौँको संख्यामा नेपालीहरु भएको जापानमा सस्तो मुल्यमा जान पाइने भएपछी धेरैले खुशी ब्यक्त गरेका छन् ।

नेपालको आफ्नै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको हो ।

आगामी असार १९  देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ ।