जापानमा आपतकाल घोषणाको तयारी - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

जापानमा आपतकाल घोषणाको तयारी



काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानका विभिन्न शहरमा आपतकालीन अवस्था घोषणाको तयारी भएको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शिन्जो आबेले केही शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणाको तयारी गरेका छन् ।

प्रधानमन्त्री आबेले सोमबार अबेर वा त्यसपछि टोकियो तथा ओसाकासहितका ठूला शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणा गर्ने बताइएको छ । तर पूरै देशभर भने लागु हुने छैन र घोषणा लगत्तै पनि आपतकाल लागु हुने छैन ।

जापान सरकारले नागरिकहरुलाई घर भित्रै बस्न विशेष निर्देशन जारी गर्ने तयारी छ । तर चीन वा केही युरोपेली देशमा जस्तो देशभर लकडाउन लागु गर्ने अधिकार जापानी प्रधानमन्त्रीमा छैन ।

उनले अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गर्नका लागि निर्देशन दिन सक्ने छन् । जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण ८५ जनाको मृत्यु भएको छ । यस्तै अहिलेसम्म ३६ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।