जन्ती बोकेको बस दुर्घटना ,९ जनाको मृत्यु
काठमाडौं । धनुषाको सबैला नगरपालिका–४ मा जन्ती बोकेको बस दुर्घटना भएको छ । ना ५ ख ७५३ नम्बरको बस विद्युतको पोलमा ठोक्किएर करेन्ट प्रवाह हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । घाइतेको संख्या भने एकिन हुन सकेको छैन ।
नेपाल प्रहरी, सशस्त्र र सेना तथा स्थानीय उद्दारमा जुटेका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।फाईल तस्विर