उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद !



काठमाडौं – चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।

अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ ।

उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागु गरेको हो ।

सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष माग गरेका छन् ।