कांग्रेसका ६ कार्यकर्तालाई जन्मकैद - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

कांग्रेसका ६ कार्यकर्तालाई जन्मकैद



अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ ।

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।

२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।

दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।