जन्मदिनको अवसरमा बेसहारा बालबालिकालाई खाद्यान्न सहयोग - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जन्मदिनको अवसरमा बेसहारा बालबालिकालाई खाद्यान्न सहयोग



कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले बेसहारा बालबालिकालाई खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

टीकापुर नगरपालिका–२ राजीपुरस्थित ‘मेरी आमा’ मा रहेका बालबालिकालाई शनिवार तीन बोरा चामल, दाल , तेल लगायतका खाद्यान्न सहयोग गरि रावलले जन्मदिन मनाएका हुन् ।

हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा असहायलाई सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेको पत्रकार रावलले बताए । उनले यस अघिका जन्मदिन बर्दगोरीया गाउँपालिकास्थित सहारा घर र लम्की चुहा नगरपालिका बल्चौरमा रहेका बालबालिकाहरुलाई सहयोग गरेर मनाएका थिए ।

मेरी आमा’ मा अभिभावक नभएका ८ जना बालबालिका बस्दै आएका छन् । उनीहरु मध्ये ४ बालक र ४ बालिका रहेका छन् । ती बालबालिकाहरुलाई दिव्या प्रयासीले सहारा दिएर पालनपोषण गर्दै आएकी छन् । उनीहरु कालिका आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका छन् ।

‘मेरी आमा’ की सञ्चालिका प्रयासीले सहयोगका लागि रावललाई धन्यवाद दिदै बालबालिकाका पालनपोषणमा निकै समस्या भइरहेको गुनासो गरिन । रावल नागरिक दैनिकका संवाददाता समेत हुन् ।