जन्मदिनको अवसरमा असहायलाई खाद्यान्न सहयोग - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जन्मदिनको अवसरमा असहायलाई खाद्यान्न सहयोग



सुखड,कैलाली । नेपाल विद्यार्थी संघ घोडाघोडी नगरपालिकाका नगर सभापति कलक जंग सिंहले असाहयलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएका छन् । सिंहले आफ्नो जन्मदिनको अवसरमा आईतबार कैलालीको बर्दगोरीया गाउपालिकामा रहेको असाहयका लागि सहयोगी हात नेपालद्धारा संचालित साहारा घरमा खाद्यान्न वितरण गरि मनाएका हुन् ।

जन्मदिनको अवसरमा साहारा घरमा चामल,आलु लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेका हुन । खाद्यान्न बितरण गर्दै उनले साहारा घरका लागि पहिले देखिनै सहयोग गर्ने इच्छा रहेको बताए । परिवार,समाजले हेला गरेका मानबलाई साहार दिनु सानो कुरा नरहेको बताउदै उनले केहि सहयोग होस भन्ने उदेश्यले खर्च कटौति गरेर खाद्यन्न बितरण गरेको बताए । साहारा घर ब्यक्तिगत स्वार्थका लागि नभएर साहारा बिहिनहरुको सहारा भएकाले सबैले सक्दो सहयोग गर्न समेत उनले आग्रह गरे । नगर सभापति कलक जंग सिहंले दिनको अवसर मै सुखड बजारमा केही दिन देखी अलपत्र परेका आमा र छोरालाई उद्धार गरी साहारा घरमा पुर्याएका छन् ।

आफ्नो जन्मदिनको अवसरमा साहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर बिष्टले सिंहलाई धन्याबाद ज्ञापन गरेका छन् । बिष्टले सहारा घरमा बसोबास गर्दै आएका असाहयहरुलाई स्वास्थ चेकजाँचमा निकै नै समस्या रहेको बताएका छन् । स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनी खाशै सहयोग नगरेको बताए । उनले चिसोबाट बच्नको लागि ओढ्ने र ओछ्याउनेको व्यवस्था नहुदा बसोबास गर्ने मानसिक रोगिहरुलाई निकै समस्या आएको दुखेसो पोखे ।

साहारा घरमा हाल ६५ जना मानसिक रोगिहरु बसोबास गरिरहेका छन भने ७२ जना मानसिक रोगीहरुलाई बिना औषधि निको पारेर परिवार मिलन गराइ घर फर्काएको छ ।सहारा घरमा हाल पाँच जनाले स्वयंसेवकको रुपमा सेवा दिईरहेका छन् ।