जन्मदिनमा बोलाएर सामूहिक बलात्कार ! - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

जन्मदिनमा बोलाएर सामूहिक बलात्कार !



मोरङ– पथरीशनिश्चरे नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी किशोरीलाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।