जन्मँदा १ हजार, मृत्यु भए ५ हजार ! - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !



ओखलढुंगा – जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन ।

सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ सेन्टरमा जन्मने शिशुको परिवारलाई भने १ हजार दिने भएको छ।

यो निर्णय सुन्दा एउटा अर्थ लाग्ने देखिए पनि यसको उद्देश्य विशेष छ। गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने  ‘वृद्ध अपांक भत्ताका नाममा वर्षेदेखि कर्मचारी र भत्ता लिने आफन्ले मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएर अनियमितता गर्दै आएका थिए । मृत्यु भएकाको परिवारलाई ५ हजार किरिया खर्च दिन थालेपछि यसको अन्त्य हुँदै जान्छ।’

गाँउपालिकामा मृत्यु हुनेलाई किरिया खर्चका साथै समवेदना पत्र दिई अभिलेख राख्ने गाँउपालिकाले जनाएको छ। अभिलेख राख्दा मृत्यु भएको व्यक्तिको सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति एकै हो कि होइन भन्ने निक्योल गरिन्छ ।