जंगबहादुरले यसरी बनाएका थिए पहिलो मुलुकी ऐन - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

जंगबहादुरले यसरी बनाएका थिए पहिलो मुलुकी ऐन



नयाँ मुलुकी संहिता (ऐन) जारी भएसँगै धेरैले फेरि एकपल्ट पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणालाई सम्झेका छन्। इतिहास भन्छ– जंगबहादुरले नेपाललाई पहिलोपल्ट लिखित कानुन दिए।

उनले नै विक्रम संवत १९१० मा मुलुकी ऐन जारी गरेका थिए। जुन नेपालको कानुनको मात्र नभएर समग्र इतिहासकै दृष्टिकोणले पनि ठूलो उपलव्धी थियो। यो खबर आजको कान्तिपुर दैनिकमा हिमेशरत्न बज्राचार्यले लेखेका छन्।

इतिहासकार त्रिरत्न मानन्धर त जंगबहादुरको यो काम पूरा राणा शासनकै एक ठूलो उपलव्धी मान्छन्। त्यसअघि नेपालमा लिखित कानुन थिएन।

तर जंगबहादुरले जारी गरेको मुलुकी ऐन कसरी लेखियो भन्नेबारे अझै अनुसन्धान हुन सकेको छैन। ऐन बनाउनुअघि जंगबहादुर बेलायत गएकाले त्यहाँको केही प्रभाव पहिलो मुलुकी ऐनमा परेको हुन सक्ने अनुमान गरिएको छ।