जनयुद्धका घाइतेहरूलाई सरकारले अनुदान दिने - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

जनयुद्धका घाइतेहरूलाई सरकारले अनुदान दिने



काठमाडौं : सरकारले जनयुद्ध तथा विभिन्न आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अनुदान सुविधानमार्फत स्वरोजगारलाई प्रोत्साहन गर्ने भएको छ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

आन्दोलनका क्रममा घाइतहरूको अभिलेखीकरण गर्ने र उनीहरूलाई स्वरोजगारमा प्रोत्साहन गर्ने र बेपत्ता पारिएका नागरिकका परिवार तथा द्वन्द्वपीडित परिवारलाई समेत क्षतिपूर्ति प्रदान गर्ने अर्थमन्त्री पौडेलले बताएका हुन्।