जनताको सत्ता निर्माण सबै भन्दा चुनौतीको लडाइँ हो ।
टिकाराम ओली
२१ अाै शताब्दीको सही र वैज्ञानिक किसिमबाट दलाल राज्य व्यवस्था लाई धुलो पार्नु पर्ने अहिलेको सबै भन्दा चुनोती हो ।जसरी २१अाै शताब्दी प्रवेश सँगै विज्ञान र प्रविधिको जसरी विकास हुँदै गएको छ र प्रयोग गर्ने सवालमा दलालहरुले मात्र प्रयोग गरेका छ्न ।आधारभूत जनता लाई प्रयोग निषेध जस्तै भएको छ ।जनताको आवश्यकता भन्दा पनि दलालहरुको हितको निम्ति राज्यले सहज गरी दिएको छ ।जनता सँगको समन्वय गर्नु भन्दा दलाल एजेन्ड परिचालन गरेर जनतालाई लोभलालच राख्नु सबै भन्दा दलाल व्यवस्थाको उदेश्य हो
दलालहरु जति बेला पद धारणा गर्छन् त्यति नै बेला सुबिधाभोगी,बिलासी जीवन शैली जनता र राष्ट्रप्रति कुनै चिन्ता नलिनु आफ्नो सुविधाको लागि जस्तो सुकै सम्झौता गर्न तयार हुन्छन् ।नेपालमा बुर्जुवा संसदीय गणतन्त्र मार्फत देशमा दलालतन्त्रको उत्पादन भएको छ भन्ने सत्तासिन हरू शासकहरु प्रभुको पाउ लागेर देश लाई प्रर्निर्भर बनाएका छन् ।अहिले बुर्जुवा संसदीय गणतन्त्रका गिरोहहरु नक्कली रास्ट्रवादको नाम भयानक नरसंहार मच्चाउने दिसा तिर केन्द्रित छन् ।
परिस्थिति यति संगिन बन्दै गएको छ कि निकट भविष्य मै दलालको केन्द्र भागमा जनताले ठुलो आँधिवेहरीको सिर्जना गर्नु पर्ने बाध्यता आएको छ ।यति बेला सबैको लागि अग्निपरिक्षाको तयारी चल्दै छ ।यो संगिन घडीमा दलाल सत्ता देश भक्तहरु लाई खरानी पार्न बन्दुक सँग सिकार गर्न तयार भएर बसेको छ ।यस्तो अवस्थामा देश भक्तहरुले पनि दलाल सत्ता विरुद्ध तम्तयार राख्न देश भक्तहरुको दह्रो हालेमालो आवश्यक छ ।जनताको गाँस,बास,कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको, माग गर्दा जनता लाई बुट बजारेर दास बनाउनेहरु लाई बिगठ्न गर्नु को विकल्प छैन ।अब एकीकृत जनक्रान्तिबाट अग्रगामी निकास र जनता लाई सुविधा सम्पन्न समाज निमार्णको फड्को मर्न सबै जनता तयार हुनुपर्ने बेला आएको छ ।
अब जनताको पसिना र क्रान्तिकारीको रगतबाट सबै जनता सम्पन्न हुने मार्ग लाग्नु नै अबको सही र वास्तविक निकास दिने मर्ग पनि हो ।हामीलाई यति कम्जोर बनाउनेतर्फ लागियो कि सत्तामा बसेर जनताको सेवा सुविधा दिनेतिर भन्दा पद प्राप्त गर्न जनता लाई भर्मजालमा राख्ने मात्र गरियो ।समस्याको ठिक निकास निकाल्नुको साटो बन्दुक र बुट बाट मात्र निकास देख्ने ठिक र बेठीक थाहा हुँदा हुँदै पनि ठिक लाई बन्दुक देखाउने र बेठीकलाई मोलजोल गर्ने व्यवस्था जनघाती व्यवस्था हो ।
आज नेपाल ८० प्रतिशत किसान भोकै, गरिब र नाङ्गा छ्न ।किसान भोकै रगत र पसिना सँग सङ्घर्षको मैदानमा छन् ।तर तिनै किसानको उत्पादन खाने शासकहरु यश अराम सँग रातमा दुई गुण दिन चार गुण प्रगति गर्दै देश लाई प्रनिर्भर बनाउन लागेको छन् ।आज किसानको छोरा विदेशको प्रतेक गल्लीमा श्रम बेच्न बाध्य गरिएको छ भन्ने ।दलाल र सासकहरु को छोरा लाई यश आराममा लगाएको छ ।अब एकीकृत जनक्रान्तिबाट संसदीय व्यवस्था लाई धोस्त पार्दै किसान लाई आत्म निर्भरता तिर लग्ने वैज्ञानिक समाजवाद दिसामा लाग्नु नै सासक किसान र सासित नेता हुन्ने बनाउने व्यवस्था हो ।जब सम्म किसान लाई गरिबीको रेखा मुनि राखिन्छ तब सम्म देश विकास हुँदैन जब किसान धनी हुन्छन् तब देश विकास गर्न कुनै ढिलाइ हुँदैन ।
आज किसान कम्जोर भएकै कारण बेरोजगारको सङ्ख्या बिर्दी भएको हो ।आज मजदुरहरूको सङ्ख्या बृदी र राज्यको मजदुर प्रति हेपाह नीतिले गर्दा आज मजदुरहरू सस्तो मूल्यमा पसिना र रगत खेर गएको छ ।मजदुको ज्याला मा कुनै बृदी भएको छैन ।अब हामी किसान लाई भकै राख्ने व्यवस्था तिर जाने होइन अब त वैज्ञानिक समाजवादी व्यवस्थामा जाने हिक्मत गर्नु पर्छ। जहाँ किसान घनी र जमिनको ज्यालाको मालिक हुनेछ ।भन्ने मजदुर लाई जीवनयोग्य ज्यालाको ग्यारेन्टी गरिन्ने छ ।
आज संसदीय केन्द्रीय व्यवस्थाले जति देश लाई ख्रोरो बनाएको छ अब अझै स्थानीय चुनाव बाट पनि जनता ठगिने र संसदीय व्यवस्थाको दास बनाउने प्रक्रिया चलाउने पहिलो चुनाव लाखौँ जनताको बहिष्कार बिचमा बन्दुकको बलमा सम्पन्न गराएका छन् ।हिजो पनि सत्ता दलाल पुजीवादी कै हातमा थियोे र आज पनि त्यही छ मात्र विज्ञापन जनताको नाममा गरिएको छ ।राजनीतिक एजेन्डा जनताको नाममा गरिएको छ भन्ने सत्ता दलालहरु कै योजना र निर्देशनमा चलेको छ ।
आज जनतामा आउँदै गरेको स्थानीय चुनाव गणतन्त्रको नाममा आएको लुटतन्त्र हो ।आज कम्युनिस्टको साइनबोर्ड भितामा टासेर संसदीय व्यवस्था उपयोग र मोलजोल गर्दै संसदीय सरकार बाट पतनको संघारमा देखिन्छ । यश बेला नेपाली समाज निकै सङ्कट र नाजुक दिसा तिर जादै छ ।आज देश कम्युनिस्ट पार्टीले सरकार चलाएको छ तर यो सरकार दलाल र पुजिपतिको निर्देशन मा चलेको छ दलाल पुजीवादीहरु राज्य बनाउने चाहाना कम्युनिस्टहरु कै सरकार बाट सम्पन्न हुँदै छ ।
आज राजनीतिक चासो राखियो भन्ने अचम्मको नाटक चलिरहेको छ।आजको राजनीतिक नाटक लाई यदि हामीले अझै जराहरु पत्ता लगाएर समाधान दिने प्रयास गरेनाै भन्ने देश सबै तिर बाट कम्जोर र जनता कंगाल अवस्था भोग्नु पर्छ ।आज संसदीय व्यवस्थामा जति पनि राजनीतिक समीकरण निमार्ण गरेर नयाँ सरकार बन्यो तर देश सङ्कट बाट माथि उठाउन किन सकेनन् ? किन झन् गहिरो सङ्कट झेल्नुपरेको हो ? त्यसको मुख्य कारण भनेको संसदीय व्यवस्थाले आफ्नो वर्गको अनुसारको स्वार्थको सत्ता सञ्चालन गर्नु हो ।राजनीतिक रूपमा बजारमा सस्तो विज्ञापन गरेर जनतालाई बेकुफ बनाइ सत्ता टिकाइ राख्न सजिलो हुन्छ ?संसदीय सुधारवादको गीत गाउने कम्युनिस्टहरुको भ्रमजाल लाई च्यात्दै एकीकृत जनक्रान्तिबाट सङ्घर्ष गर्नु सच्चा कम्युनिस्ट बिचारको उदेश्य हो ।