ख्रिष्टमसको रौनक नेपालमा, जनताको त्याग र बलिदानले गणतन्त्र र धर्मनिरपेक्ष प्राप्त : मन्त्री मगर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ख्रिष्टमसको रौनक नेपालमा, जनताको त्याग र बलिदानले गणतन्त्र र धर्मनिरपेक्ष प्राप्त : मन्त्री मगर



किशोर तामाङ/पुनर्वास 

बिश्वभरी ख्रिष्टमस मनाई रहन्दा कञ्चनपुरमा पनि भब्य रुपमा ख्रीष्टमस मनाइएको छ ।कञ्चनपुर ईसाईहरुले आफनो प्रमुख चाड क्रिसमस मगलवार धुमधामसंग मनाएका छन् । जिजस क्राईस्टको जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईसाई धर्मावलम्बीहरुले गिर्जाघरमा एक आपसमा शुभकामना साटासाट गरि रहँदा पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका,बेलडाडी गाउँपालिका र लालझाडी गाउँ पालिकाका ईसाई समुदायले भने एक साथ बेलौरीको खुल्ला मञ्चमा मनाएको छ ।एक महिना देखि क्यरेल खेल्दै आएका ईसाईहरुले क्रिसमसको अवसरमा एकआपसमा शुभकामना र उपहार दिदै हर्षोल्लासकासाथ पर्व मनाएका छन् ।

चुनावी क्षेत्र न १ स्तरिय ख्रिष्टमस कार्यक्रम करमलाल चौधरीको सभापतित्व र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको प्रमुख अतिथि मा सञ्चालन भएको सो कार्यक्रममा प्रमुख बक्ता अधिबक्ता एवम् पास्टर बि पि खनाल रहनुभएको थियो । यसरीनै बिशिष्ट अतिथिमा प्रदेस संसाद माननिय तारालामा तामाङ ,प्रदेस सभा सदस्य कुलबिर चौधरी र अतिथिमा बेलौरी नगर प्रमुख पोतीलाल चौधरी,उपप्रमुख चन्द्र चौधरी ,लालझाडी गाउँ पालिका प्रमुख मदन बडायक लगायत वडाध्यक्षहरु ,बुद्धिजिवी,समाजसेवी तथा पास्टर र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

मनोरंजनकालागि शान्ता क्लजको प्रतीक र X-Mas ट्री प्रर्दशन गरिएको थियो ।मानवजातिको मुक्तिदाताको रुपमा रहेका येशु ख्रिस्टको महान जन्म दिनमा आफुहरुकालागि बिशेष हुने सहाभागिहरुको भनाई थियो । तत्कालीन समयमा अन्याय, अत्याचार ,विभेदमा परेका मानिसलाई बचाउन जिससले क्रुसमा चढी आफनो बलिदान दिएको बेलौरी स्थित दर्शन एजी चर्चका पास्टर गण्डकी तामाङले बताउनुभयो ।

येशुकै सम्झनामा ईस्वी संबत प्रारभ्भ भएको समेत बताईन्छ । दिन दुःखीलाई सशक्त बनाउन येशुले महत्वपुर्ण शिक्षा दिएकोले त्यो सो त्याग मानवजातिकै लागि प्रेरणा बनेको पुनर्वासका पास्टर प्रदिप तामाङ को भनाई छ ।
आज भब्यताका साथ इसाई धर्मका अनुयायीहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले अाफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसंग जोडिएका छन् ।

इतिहास साक्षी छ, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै अाजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो ।

इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

अङ्ग्रेजी पढ्दा हामी नेपालीहरु सबैले ए फर एप्पल बी फर बल गरि पढेका हौं, यसै क्रममा X for X-Mass Tree पनि दिनमा प्राय देखिन्छन् । चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, साैहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ । यसैक्रममा आजको कार्यक्रममा प्रमुखअतिथिको आसनबाट बोल्दै नेपालमा गणतन्त्र र धर्म निरपेक्ष मुलुक बनाउन सारा नेपालीले त्याग र बलिदान गरेको हुँदा यसलाई संस्थागत गर्नु पर्ने बताउनु भएको छ ।

क्रिसमस दिनको अवसरमा कंचनपुरको बेलौरीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताउनु भएको हो । धर्म र संस्कृतिको हिसाबले अरु देश भन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, ” हाम्रो नेपाली समाज अरु देशको भन्दा पृथक र छुट्टै पहिचान बोकेको छ । सबै जातजाति, क्षेत्र, वर्ग र समुदाय बीच घनिष्ठ सम्बन्ध रहेको छ । सबै बीच समानता छ । यही नै हाम्रो विशिष्टता हो ।”

हाम्रो संस्कृति र एकताबाट अरु मुलुकले धेरै कुरा सिक्न सक्ने उहाँको भनाइ छ । हामीले छिटोभन्दा छिटो विकास गर्नु पर्ने र समृद्ध नेपाल बनाउनु पर्ने भएकाले यस दिन सरकारले बिदा नमनाउने घोषणा गरेको उहाँले स्पष्ट पार्नु भयो। अहिले ख्रीष्टमस कार्यक्रममा आफु आउन पाउदा गर्भवित् भएको बताए ।

कार्यक्रमलाई मनोरन्जन प्रदान गर्न कला संस्कृति जागेर्न गर्ने भेषभुषा प्रस्तुत गर्दै बिच बिचमा स्थानिय जवान भाई बहिनी हरुबाट ख्रीष्टमस सम्बन्धित गित हरुमा नृत्य प्रस्तुत गरेका थिए ।

बरिष्ट पास्टर रेभ कामसिङ तामाङको प्रर्थना र प्रदेशीक एजी एन अध्यक्ष रेभ नरीलाल दहितको स्वागत मन्तव्य द्वरा शुरु भएको कार्यक्रमलाई जित दहित,किशोर तामाङ र रेभ सुलेमान तामाङले सयुक्तरुपमा सञ्चालन गरेको थियो ।