जनताको मागलाई दमन गरेको भन्दै जनता समाजवादीको विरोध - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

जनताको मागलाई दमन गरेको भन्दै जनता समाजवादीको विरोध



काठमाडौं- जनता समाजवादी दलले सडकको आवाजलाई सरकारले वेवास्ता गरेर दमनमा उत्रेको भन्दै विरोध गरेको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवदले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दमनलाई बन्द गर्न र जनताका न्यायपूर्ण आवाजलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

‘मुलुकमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग लगयत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितता बढ्दै गएको छ’ जसपाले भनेको छ, ‘ओली सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शन भइरहेका छन्।’

पछिल्ला केहिदिनमा स्वतस्फुर्त रूपमा सरकारका बेथितिबारे युवाहरूले सडकमा प्रदर्शन गर्दै आएका छन् । दिन प्रतिदिन प्रदर्शन गर्नेको संख्या बढिरहेको छ । शुक्रबार पनि गृह मन्त्रालयले दिएको उर्दीको वेवास्ता गर्दै हजारौँ युवाहरूले देशभर प्रदर्शन गरिरहेका छन् ।