उपेन्द्र यादव र योगेश भट्टराई बोल्ने कार्यक्रममा जनता नै आएनन - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

उपेन्द्र यादव र योगेश भट्टराई बोल्ने कार्यक्रममा जनता नै आएनन



जनकपुर । जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रम निकै रोचक बनेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ कार्यक्रममा जनता नै नआएपछि कार्यक्रम खल्लो बनेको छ ।

बिहीबार जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित समारोहमा संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अतिथि थिए । देशकै उच्च पदस्थ व्यक्तिहरू आएको कार्यक्रममा सर्वसाधारण भने आउंदै आएनन ।

सङ्घीय सरकारमात्र होइन त्यहाँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरु, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखहरु लगायत उपस्थित रहे पनि अतिथि, स्वयंसेवक तथा सुरक्षाकर्मी मात्र कार्यक्रममा देखिन्थे । मैदानमा बिच्छ्याएका खाली कुर्सी मात्र देखिने कार्यक्रम निकै लज्जास्पद देखिएको थियो ।

कार्यक्रममा धेरैजसो कुर्सी खाली नै थिए । जनता नै नदेखेपछि प्रमुख अतिथि यादवले सम्बोधन गरेर तुरुन्त निस्किए । उनीपछि मन्त्री योगेश भट्टराईले भने खाली कुर्सीकै अगाडी बोलेका थिए । मुख्यमन्त्री राउतको पनि त्यहि अवस्था भयो ।

सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको कार्यक्रम नै लज्जास्पद देखिन्थ्यो ।