विप्लवको जनसरकार घोषणा गर्ने तयारी - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

विप्लवको जनसरकार घोषणा गर्ने तयारी



काठमाडौं– पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणा पछि नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा ‘जनसरकार’ घोषणा गर्ने तयारी थालेकाे छ ।

विप्लव नेकपाका एक नेताले सरकारले पार्टीमाथि नै प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रियास्वरूप स्थानीय तहमा जनसरकार घोषणा गर्ने तयारी थालिएको बताए ।

ती नेताका अनुसार प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने र पार्टीको बैठक बसेर निर्णय गर्ने तयारी समेत छ ।

केही दिनभित्रै नेकपा महासचिव विप्लवले नै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने र त्यसैबेला जनसत्ता र जनसरकार घोषणा गर्ने तयारी भएको ती नेताले जानकारी दिए ।