सक्षम नेतृत्व ल्याउने र नयाँ कुलमानहरू नियुक्त गर्ने जनार्दन शर्माको उद्घोष - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सक्षम नेतृत्व ल्याउने र नयाँ कुलमानहरू नियुक्त गर्ने जनार्दन शर्माको उद्घोष



काठमाडौँ- पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको बृहत् जनसभामा पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नयाँ कुलमानहरूलाई ल्याएर देशको विकास गर्ने उद्घोष गरे ।

नेता शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताए । देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने नेता शर्माले बताए ।

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित आमसभामा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताए ।

सम्बोधनका क्रममा नेता शर्माले भने, ‘देश र जनतालाई उपलब्धि दिने क्षेत्रमा नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छ । त्यस्तै खालका संरचना चाहिन्छ । नयाँ कुलमानहरुको माध्यमबाट जनताको समस्या समाधान गर्नुपर्छ ।’

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गरेको छ ।