महासचिवमा वर्षमानभन्दा जनार्दन शर्माको पल्ला भारी - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

महासचिवमा वर्षमानभन्दा जनार्दन शर्माको पल्ला भारी



काठमाडौ- महाधिवेशन सकिएलगत्तै नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयन गर्ने तयारी गरेको छ । आठौं महाधिवेशनबाट छनोट भएका केन्द्रीय सदस्यले आज पदाधिकारी चयन गर्दै छन् भने महासचिवमा चार जना दाबेदार छन्।

माओवादीको महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। अध्यक्ष पुष्पकमल दाहालले प्रस्तावको सूचीलाई हलले ताली बजाएर पारित गरेको थियो।  

केन्द्रीय समितिबाट आज पदाधिकारी चयन गर्न लागिएको एक स्थायी समिति सदस्यले बताए। केन्द्रीय सदस्यमध्येबाटै आज पदाधिकारी चयन हुन्छ, उनले भने।

आइतबार पनि माओवादी स्थायी समिति बैठकले केन्द्रीय सदस्यको सूची बनाएको थियो। त्यहि सूची अध्यक्ष दाहालले बन्दसत्रमा वाचन गरेका थिए।

माओवादी महाधिवेशनले संशोधन गरेको विधानअनुसार, १५ पदाधिकारी रहने व्यवस्था छ। जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।

अध्यक्षपछि शक्तिशाली मानिएको महासचिवमा भने चार जनाको दाबी छ। यसमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र शक्ति बस्नेतले दाबी गरेका छन्।

माओवादीका अर्का एक स्थायी समिति सदस्यका अनुसार महासचिवमा शर्माको सम्भावना बलियो छ। पछिल्लो समय शर्माले प्रचण्डको निकै नजिक भएर काम गरिरेक छन् । उनले प्रचण्डसँग आफूले जिम्मेवारी पाएको खण्डमा संगठनलाई मजवुत बनाउने र लाखौँ पार्टी सदस्य थप्ने प्रतिबद्दता दमेत जनाएका छन् ।

पम्फा पहिले नै मसालको अध्यक्ष भएकी नेतृ हुन् भने वर्षमानको स्वास्थ्यमा गम्भीर समस्या आएकाले उनी पहिले जस्तो सक्रिय राजनीति गर्न नसक्ने चर्चा माओवादेमै चलेको छ ।

वर्षमान पहिले जस्तो सक्रिय हुन नसक्ने भएकाले पनि शर्माको सम्भावना बलियो रहेको बताइएको छ । माओवादीले पछिल्लो समय पार्टी संगठन मजबुत बनाउने र सदस्य थप्ने कार्यलाई अभियानको रूपमा लिएकाले पनि शर्माको सम्भावना बलियो देखिएको छ ।

शक्ति बस्नेतले पनि केन्द्रीय कमिटीमा आफ्नो भाग पुराएको चर्चा छ । उनले आफ्नै परिवारबाट चार जनालाई केन्द्रीय सदस्यमा पारेका छन् ।

माओवादीको ११ पुसमा शुरू भएको महाधिवेशन २३६ केन्द्रीय सदस्य चयन गर्दै १८ पुसमा सम्पन्न भएको छ। महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ।