जनार्दन शर्माकाे व्यङ्ग्य : प्रधानमन्त्रीज्यु रुकुमको बजेट पनि झापा लैजानुस
काठमाडौँ । सत्तारूढ दल नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले रूकममा परेको बजेट झापा लैजान आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् ।
बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै सांसद शर्माले बजेटप्रति असन्तुष्टी जनाउँदै आफ्नो गृहजिल्ला रुकुममा परेको बजेट प्रधानमन्त्रीको गृहजिल्लामा लैजान आग्रह गरेका हुन् ।
पूर्वगृहमन्त्री समेत रहिसकेका शर्माले भौतिक पूर्वाधार लगायतको शिर्षकमा भएको विनियोजनप्रति बैठकमा असन्तुष्टी प्रकट गरे ।
श्रम सहकारी, युवा स्वरोजगार जस्ता शिर्षकमा बजेट आउला हरेक गाउँ आत्मनिर्भर बन्ला भन्ने सोचेको भए पनि अहिलेको स्थिती हेर्दा त्यस्तो नदेखिएको उनको टिप्पणी थियो ।
उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति बोल्दै भने, ‘२४० लेखेको छ । करोड हो कि लाख हो ?’जति भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस्, झापा लगियोस्, म प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’