अर्थमन्त्री जनार्दन शर्मा दगुर्दै रोस्ट्रममा पुगेपछि... - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

अर्थमन्त्री जनार्दन शर्मा दगुर्दै रोस्ट्रममा पुगेपछि…



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री शर्माले मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेर अध्यादेश पेश गरेका हुन् ।

त्यसअघि सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए ।

सुवालले प्रमुख प्रतिपक्षी दलको अवरोध रहेको समयमा आफूले प्रस्ताव पेश नगर्ने बताए । त्यो समयमा सुवालले एमसीसीको विरोध गरे ।

एमाले सांसदको नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो ।