विष्णु पौडेल र जनार्दन शर्माबीच गोप्य भेट
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच गोप्य भेट भएको खुलेको छ।
शनिबार दिउँसो अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच भेटवार्ता भएको बताइएको छ । नेपाली कांग्रेसले सरकार ढाल्ने निर्णय लिएलगत्तै भएको दुई शक्तिशाली नेताहरूबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।
उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको बताइन्छ ।
विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।
पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए ।