बिचरा ! जनप्रतिनिधि पनि थरिथरिका - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

बिचरा ! जनप्रतिनिधि पनि थरिथरिका



बारा – पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन। श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन्।  आजको नयाँ पत्रिकामा खबर छ ।

उपप्रमुख इन्दुकुमारी यादवले श्रीमानलाई सल्लाहकारका रुपमा नगर कार्यपालिकाको बैठकमा सहभागी गराउने प्रस्ताव गरेकी थिइन्। तर कार्यपालिकाको बैठकमै सहभागी गराउन कानुनत: नमिल्ने भन्दै एक सदस्यले आपत्ति जनाएका थिए। लगत्तै उनले श्रीमानलाई बस्न नदिए नगरसभा बस्न नदिने चेतावनी दिएको स्रोतको भनाइ छ।

पचरौता नगरपालिकाको सभा २१ माघमा बस्दैछ। योजना छनोटका लागि उपप्रमुख यादवलाई संयोजक बनाइएको थियो। योजना छनोट समिति बनाउन बसेको बोर्ड बैठकमा उपप्रमुखले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने धारणा राखेपछि विवाद चर्किएको थियो।

पचरौता नगरपालिकाका सुखारी चौधरीका अनुसार प्रमुख यादवले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने माग गरेकी थिइन्। बोर्ड बैठकमा बसेका वडाका अध्यक्षहरुले पनि उपप्रमुख यादवले आफ्ना निकट व्यक्ति राख्न पाउँदा आफूहरुले पनि राख्न पाउनुपर्ने माग गरेपछि विवाद भएको स्रोतको भनाइ छ।