जनप्रतिनिधिकै घरमा छाउगोठ ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

जनप्रतिनिधिकै घरमा छाउगोठ !



सुर्खेत । वेदराम भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-१० का निर्वाचित वडा सदस्य हुन् । सामाजिक विकृति र कुरीति अन्तयका लागि अगुवाई गर्नुपर्ने वडासदस्य भण्डारीकै घरम छाउगोठ छ ।

घरका महिला महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन् । स्थानीय सरकार गठनपछि गत बर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आएको छ । तर गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साटो झन् झन् बढ्दै गएको देखिएको छ । नागरिक दैनिकमा खबर छ ।

महिनावारी भएको बेला छाउँगोठमा बस्नु हुन्न भनेर वडा कार्यालयबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ तर, आफ्नै घरकाले मान्दैनन्, महिनावारी भएको बेला पाँच दिनसम्म छाउगोठमै बस्छन्, वडासदस् भण्डारीले भने ।फाइल तस्बिर :