जनप्रतिनिधि सुबिधाभोगि : बर्दगोरियाका वडाध्यक्षले लिए महँगो मोटरसाइकल
लिलाजंग शाही / बौनिया,कैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिकाले मोटरसाइकल बितरणमा एकरुपता ल्याएको छ। बर्दगोरिया गाउँपालिकाले मोटरसाइकल बितरणमा पक्षपात गरेको भन्दै वडा न- २ का अध्यक्ष पुरन सिंह बिसि र वडा न- ६ का अध्यक्ष रामकृष्ण चौधरीले यमाहा एस जेड मोडेलको मोटरसाइकल लैजान बहिष्कार गरेका थिए।
समाचार माध्यममा व्यापक समाचार आएपछि गाउँपालिका आलोचित बनेको थियो। लगतै गाउँपालिकाले पनि सबै ६ वटै वडा अध्यक्षलाई एउटै मोडेल नम्बरको यमाहा एफ जेड मोटरसाइकल उपलब्ध गराएको गाउँपलिका उपाध्यक्ष भगवती डगौराले जानकारी दिनुभएको छ।
यस अघि गाउँपालिकाले वडा न- १ का अध्यक्ष जयरुप खतिवडालाई यमाहा एफ जेड मोडेलको मोटरसाइकल उपलब्ध गराएको थियो भने बाकी वडा अध्यक्षलाई कमसल मुल्य एस जेड मोडेल नम्बरको मोटरसाइकल बितरण गरेको थियो।
कमसल मुल्यको मोटरसाइकल बितरण गर्न लागेको थाहा पाएपछी ४ र ६ का वडा अध्यक्षले लग्न बहिष्कार गरेका थिए ।
तर ,यमाहा एफ जेड मोडेल नम्बरको मोटरसाइकल खरिद गर्दा पहिलेको एस जेड मोटरसाइकल भन्दा प्रती मोटरसाइकल ४६ हजार बढि घाटा गाउँपालिकाले बेहोर्नुपरेको छ। ,तर स्थानीयले भने बिकासका काम गर्नुभन्दा पनि स्थानीय जनप्रतिनिधि सुबिधाभोगी भएको आरोप लगाउदै आएका छन।