जनमोर्चाका सांसद पनि गायव: गुरुङको पद जोगिने सम्भावना - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

जनमोर्चाका सांसद पनि गायव: गुरुङको पद जोगिने सम्भावना



पोखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको निर्वाचनकै दिन निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका सांसद पनि गायव भएका छन् । गायव रहेका राप्रपाका सांसद खिमविक्रम शाही हुन् ।

उनको फोन स्विच अफ गरिएको छ उनको मोबाइल अफ छ । कुनै सांसदसँग उनको सम्पर्क छैन । उनको दल जनमोर्चा नै गण्डकीमा दुवै पक्षको लागि निर्णायक हो । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन् । शाही नआउँदा अविश्वासको प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।

यदि, आज नै मतदान भयो र खिमविक्रम शाही आइपुगेनन् भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ ।