जनमोर्चा गठबन्धनबाट अलग ! - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

जनमोर्चा गठबन्धनबाट अलग !



काठमाडौं- सत्ता गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताको बैठक शनिबार दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । तर गठबन्धनमै रहेको भनिएको राष्ट्रिय जनमोर्चा भने दुवै बैठकमा सहभागी भएन ।

शनिबार तारन्तार बसेको बैठकले स्थानीय चुनावको मिति तोक्नसक्ने बताइएपनि ठ्याक्कै मिति नै घोषणा गर्न भने सकेको छैन ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित चार दलका शीर्ष नेता सहभागी थिए ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चा (राजमो)का प्रतिनिधि भने थिएनन् । दुवै बैठकमा सहभागी नभएपछि जनमोर्चा गठबन्धनबाट बाहिरिएको धेरैले आंकलन गरेका छन् ।

बालुवाटारनिकट स्रोतले भने पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएको दाबी गरेको छ । एमसीसीको विषयमा जनमोर्चाले गठबन्धनमै फरक मत राखेको थियो । अन्य दलले संशोधन गरेर पारित गर्ने बताएको बेला जनमोर्चाले भने एमसीसी नेपालमा ल्याउनै नहुने बताएको थियो ।

यद्यपि, पछिल्लो समय केही विषयमा राजमो गठबन्धनभित्र असन्तुष्टि छ । यसर्थ, कतै राजमो गठबन्धनबाट अलग भएको त होइन ? भन्ने प्रश्न भने उठेको छ ।