स‌ंघीयता विराेधी अभियान लिएर जनमोर्चा घरघरमा - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

स‌ंघीयता विराेधी अभियान लिएर जनमोर्चा घरघरमा



चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा दाङले संचालन गरेको घरदैलो तथा सदस्यता अभियान जारी रहेको जनाएको छ ।

अभियानको क्रममा पार्टीका नेता कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर जनताको समस्या बुझ्नुका साथै उनिहरुका समाधानको लागि सहयोग पुराउने काम समेत गरिरहेको सो पार्टीको भनाइ छ ।

अभियानको क्रममा जनताले सरकारको गलत कृयाकलापको बिरोध गर्नुका साथै जनताको ढाडसेक्ने गरी कर वृद्धि भएकोमा आक्रोस व्यक्त गरेका थिए ।

अभियान तुलसीपुर उपमहानगरपालिका , घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिकामा अलग अलग टोलि निर्माण गरी अभियान चलाइएको छ ।

अभियानकै सिलसिलामा विभिन्न पार्टी परित्याग गरी दर्जनौंले राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका छ्न । अभियान अझै निरन्तर चल्ने जनाइएको छ ।

त्यस्तै सो पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) दाङको १५ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ध्रुव बेल्बासेको अध्यक्षतामा १७ पूर्ण ४ बैकल्पिक र २ सल्लाहकार गरी २३ जनाको जिल्ला समिति निर्बाचित गरेको छ ।

जसको उपाध्यक्ष सरिता पुन सचिब राजकुमार बिक, सह सचिव राजकुमारी चौधरी, कोषाध्यक्ष सृजना पन्थी, सदस्यहरुमा श्रमिला चौधरी ,सीता बिक, सुस्मा चौधरी, सपना बेल्बासे, लक्ष्मण बिक, दिनेस रैदास, अनिसा पोख्रेल, योजना आचार्य, मधुकर पुन, पुरुषोत्तम शर्मा, बिजय जिएम, मिरन पौडेल, गौतम चौधरी, आसा पौडेल, बबिता पोख्रेल र तृसन केसी छन् ।

त्यस्तै सल्लाहकारमा वसन्त आचार्य र राजेन्द्र चौधरी रहेका छन् । वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति युनियनका केन्द्रिय सदस्य गोपाल भट्टराईले मैनबत्ति बालेर सम्मेलनको उदघाटन गरे ।

सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा युनियनका पूर्व केन्द्रिय सचिब कार्यक्रमका विशिष्ट अथिति गणेश आचार्य, अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा प्रदेश समिति सदस्य रेशम बिसी, प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य यज्ञबहादुर डाँगी, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष चित्र एमसी, घोराही नगर अध्यक्ष डोरबहादुर के सी, अखिल छैठौं केन्द्रिय सदस्य राजेन्द्र चौधरी प्रदेश समिति सह–सचिब खगेन्द्रा बिस्ट लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।

सरिता पुनको स्वागत मन्तब्यबाट शुुरु भएको कार्यक्रमको संचालन ध्रुव बेल्बासेले गरेका थिए ।