जनमत संग्रह गराउने सिके राउतसँग सरकारको सहमति - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

जनमत संग्रह गराउने सिके राउतसँग सरकारको सहमति



काठमाडौं : मधेशको मागमा जनमत संग्रह गराउने विषयमा सहमति भएपछि खुला राजनीतिमा आउने तयारी भएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले दावी गरेका छन्।

हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउत रिहा भएका थिए। लगत्तै आज सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले विशेष सम्बोधनको तयारी गरिरहेको छ।

‘जनमत संग्रह गराउन सरकार सहमत भएको छ,’ प्रवक्ता खानले बालुवाटारमा सहमति भएको जानकारी दिँदै भने, ‘स्वतन्त्र मधेश गठवन्धनका सबै मुद्दा फिर्ता हुने भएको छ।’

सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको वार्तामा मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि मार्फत् पूरा गर्ने प्रतिवद्धता सरकारले जनाएको उनको दावी छ। यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता हुने उनले जानकारी दिए।