जनमत संग्रह गर्न बाटो खुल्यो ! - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

जनमत संग्रह गर्न बाटो खुल्यो !



काठमाडौं । राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

जनमत संग्रहसम्बन्धी सूचना संसद सचिवालयका महासचिवलाई दिनुपर्ने हुन्छ ।संघीय संसदमा तत्काल कायम रहेका दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा प्रस्ताव स्वीकृत भएको मानिनेछ । प्रस्तावमाथि संयुक्त वैठकको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्धारा गरिने व्यवस्था छ ।