यसरी उत्रियो अर्घाखाँचीमा जनलहर !(फोटो फिचर)
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेकपा माअोबादी केन्द्रका नेता एबम पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेश कुनै पनि हालतमा टुक्राउन नदिने चेतावनी दिनु भएको छ।

संयुक्त संघर्ष समिति अर्घाखाँचीले सन्धिखर्कको टुडिखेलमा अायोजना गरेको बिशाल जनसभालाई संविधान संशोधन गर्दै नेता टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए जनताको अान्दोलनबाट त्यसलाई बिफल पार्ने बताउदै संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सरकारलाई अाग्रह गर्नु भयो ।

रायमाझीले जनताको भाबना बिपरित काम गर्ने अधिकार कसैलाई नभएको बताउदै अाफुले संशोधनको प्रस्तावको बिपक्षमा मतदान गर्ने चेतावनी दिनु भयो । उहाले तराई पहाड हिमाललाई अलग गर्ने सरकारको चलखेल बिफल पार्नका लागि जनताहरु अान्दोलनमा उत्रिएको दावी गर्नु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसद चन्द्द भन्डारीले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए जनताको अान्दोलनबाट प्रस्ताव बिफल हुने चेतावनी दिनु भयो । उहाले तराई पहाड छुट्टाउने सरकारको निर्णय कुनै हालतमा अाफुहरुले सफल हुन नदिने बताउनु भयो । भन्डारीले जनता भन्दा ठुलो कहिपनि नभएको बताउदै प्रस्तावको बिपक्षयमा गाउँ-गाउँ बस्ति बस्ति टोल टोल घर-घरबाट जनताहरु स्तहस्फुत रुपमा अान्दोलित भएको बताउदै बुद्धिमता तरिकाबाट प्रस्ताब फिर्ता लिन अाग्रह गर्नु भयो । उहाले ५ नम्बर प्रदेशलाई टुक्राउन सरकारले गरेको सडयन्त्र अाफुहरुले बुझ्न नसकेको बताउदै नाटकिय शैलीमा रातिमा दर्ता गरेको प्रस्ताब जनता बिरोधी भएको जिकिर गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्ब मन्त्री दलबहादुर रानाले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताब नाटकिय शैली र हावाका तालमा सरकारले ल्याएको बताउनु भयो । उहाले सरकार अहिले बिफल भईसकेको बताउदै कठपुतली सरकारले ल्याएको प्रस्ताव संसदको बैठकबाट पारित नहुने जिकिर गर्नु भयो । रानाले सरकार टिकाउनका लागि भारतीय दलालहरुको ईसारामा प्रस्ताब रातिमा सरकारले दर्ता गरेको बताउनु भयो ।

कार्यक्रममा नेकपा मालेका नेता तथा संसद कमला बिश्वकर्माले सरकाले दर्ता गरेको प्रस्ताब बिफल भएको दावी गर्नु भयो । उहाले संसदको बैठकबाट प्रस्ताव पारित हुने कुनै सम्भाबना नभएको दावी गर्दै सरकार बिफल भएको दावी गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा सासद दुर्गा पौडेलले नेपालमा संघियता लागु हुन नसक्ने जिकिर गर्नु भयो । उहाले यति सानो मुलुकमा संघियता लागु गरेर नेपाल टुक्राउने सडयन्त्र भैरहेको बताउदै संघियता बिफल हुने चेताबनी दिनु भयो । पौडेलले ५ नम्बर प्रदेशबाट तराईका जिल्लाहरु अलग गर्ने सरकारको सडयन्त्र जनताको अान्दोलनले बिफल पार्ने चेताबनी दिनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले ५ नम्बर प्रदेश टुक्राउने सरकारको सडयन्त्र बिफल पार्ने चेताबनी दिनु भयो । उहाले जनताहरु अान्दोलनमा उत्रिएको अबस्थामा प्रस्ताव फिर्ता लिनु नै सरकारको बुद्दिमानी हुने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा सासद डाक्टर दुमन सिह थापाले सरकारले दर्ता गरेको प्रस्ताव कुनै हालतमा पारित हुन नस्क्ने दावी गर्नु भयो । उहाले प्रस्तावको बिपक्षमा लाखौं लाख जनताहरु अान्दोलित भएकोले सरकारले जनताका सामु माफि मागेर प्रस्ताब फिर्ता लिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मिका सभापति भुबन श्रेष्ठले अान्दोलन उत्कर्षमा पुगिसकेको बताउदै तराई पहाड अलग गर्ने प्रस्ताव अाफुहरुलाई अमान्य भएको दावी गर्दै अान्दोलनमा होमिन अर्घाखाँचीबासीहरुलाई अाग्रह गर्नु भयो । कार्यक्रममा नेकपा एमाले गुल्मिका कार्यबाहक अध्यक्ष मधु कृष्ण पन्तले ५ नम्बर प्रदेशलाई टुक्राउने सरकारले ल्याएको प्रस्ताब जनताले बिफल पार्ने चेतावनी दिनु भयो । उहाले तराई पहाड छुट्टाउने निर्णय अाफुहरु मान्य नभएको बताउदै अान्दोलनमा उत्रन अाग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मीका नेता कमल अर्यालले संघियता नेपालमा सफल नहुने दावी गर्नु भयो । कार्यक्रममा राप्रपाका अनिल कक्षयपति परिबार दलका वशुपति पान्डे लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रम अर्घाखाँची सङघर्ष समितिका अध्यक्ष तथा काङ्ग्रेस सभापति बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्याको स्वागत मन्तब्य माअोबादी केन्द्रकी नेता छमकुमारी खनालको सन्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कमल प्रसाद भुसाल उपसभापति शान्ता भन्डारी नेकपा एमाले काउपाध्यक्ष जिबनारायण कोईराला सचिब रामबहादुर चौहान उपसचिब प्रेमनारायण गैरे नेकपा माअोबादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द्द बहादुर खड्का ठाकुर बिक राष्ट्रिय जनमोर्चाका नेता झबिलाल थापा शेर बहादुर बिसी सागर केसी राप्रपाका देवी बहादुर खड्का नेकपा मालेका केदार बेल्बासे परिबार दलका डिल्ली राज भुसाल उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि अन्तरपार्टी महिला सन्जालका सुसिला गैरे लगायतको अतिथ्यता रहेको थियोे ।

त्यस्तै ५ नम्बर प्रदेश टुक्राउने सकारले गरेको निर्णयका बिरुद्द पुस १ गते देखि ३ गते सम्म ५ नम्बर प्रदेश भर अामहड्तालको घोषणा गरिएको छ । अामहड्तालमा उधोग धन्दा कलकारखाना शिक्षण संस्था यातायात बजार पूर्ण रुपमा बन्द हुने सङघर्ष समितिका अध्यक्ष तथा काङ्ग्रेस सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । भने ४,५,६ गते अर्घाखाँची बन्दको घोषणा सङघर्ष समितिले यस अघि नै गरेको छ ।




अर्घाखाँचीडटबाट