जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न



नेत्र प्रसाद न्यौपाने /लम्की,असार 

कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७४।७५को सेवा प्रवाह कार्यक्रम र योजनाका बारेमा सार्वजनिक सुनुवाइ जानकी गाउँपालिका १ दुर्गौली सरस्वती माध्यमिक विद्यालमा शनिवार सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकी गाउँपालिकाले वार्षिक रूपमा विभिन्न शाखा मार्फत प्रदान गरेका सेवा तथा कार्यन्वन गरेका योजनाका विषयमा योजना शाखाका भरत शाह,कृर्षि शाखाका गोरख बहादुर सिंहले ५४ लाख ६३ हजार,स्वास्थ्य शाखाका पदमसिह परियारले केन्द्र बाट प्राप्त शशर्त तर्फ १ करोड ३६ लाख ४८ हजार,वित्तीय समानिकरण तर्फ जानकी गाउँपालिका बाट विनियोजित ३५ लाखको कार्य शत प्रतिशत कार्यक्रम सम्पन्न भएको प्रतिवेदन मार्फत प्रस्तुत गनुभएको थियो ।

कार्यक्रममा गाउवासीका तर्फ बाट गोपाल गिरी धन बहादुर साउद,रामकृष्ण रेग्मी,हर्क रावल,खडक बहादुर गुरुङ,रघुराज उपध्यया,जनक थापा,गोरख विक,भत्तराज देवकोटा,दिनेश थारु,रामेश्वर रेग्मी,जयराज न्यौपाने,लालबहादुर थापा,जयप्रकाश दहित,लोकेन्द्र कठरिया,चन्द्रमान बम,रामलाल चौधरी र तिर्थराज उपाध्यायले गुनासा तथा सुझाव राख्नु भएको थियो ।

सार्वजनिक सुनुवाइमा उठेका गुनासहरु माथि जवाफ दिँदै गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाले सुशासन तथा जवाफदेहीताका लागी गाउँपालिकाको वेवाइसाइट निर्माण गरी त्यसमा राखेको र गाउँपालिकाले गरेका थुप्रै कार्य तथा को आर्थिक वर्ष २०७४।७५मा ४५ करोड ९१ लख ३४ हजार रहेको र आर्थिक वर्ष ७५।७६मा बजेट घटेर आएकोमा दुख व्यक्त गर्नुभयो ।

जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७५।७६मा वडागत तरिकाले रकम विनियोजन नगरेको बताउँदै गाउँपालिकाका गौरवका आयोजनालाई प्राथमिकता दिएको बतानुभयो ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक उमा महतोले गाउँपालिका अन्तरगत सञ्चालित वडा तथा गाउँपालिकाका सम्पूर्ण योजनाको अनुगमन गरेको र कार्य सन्तोजनक पाइएको बताउँदै आफ्नो जिम्मेवारी वहन गरेको बताउनु भयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी हरूले मुद्दा मामिला सम्बन्धी सोधेको प्रश्नको जवाफ दिँदै अधिवक्ताले गर्ने काम आफूले गर्नु परेकोले केही मुद्दा मामिला फ¥यछ्यौट गर्न समय लागेपनि आगामी दिनमा अधिवक्ता राखेर भए पनि गाउँपालिकामा दर्ता भएका सम्पूर्ण मुद्दामा न्याय दिन आफू कमी नगर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा न्यायिक समितिलाई सरल तथा सहज तरिकाले सम्पादन गर्न अलगै इजलास निर्माण गर्ने समेत बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दशरथराम वडाले गाउँपालिकाले गरेका सम्पूर्ण योजना शत प्रतिशत समापन भएको बताउनु भयो । अधिकृत वडाले गाउँपालिकाले पहिलो वर्षमा धेरै योजना तथा कार्यक्रम गर्न नसकेकाले गाउँपालिका लाई अति आवश्यक सामाग्री निर्माण समेतमा बजेट विनियोजित नभएको र विनियोजित रकम का लागी दक्ष परापर्शदातको खोजी गर्दै गएको बताउनु भयो । उहाँले गाउँपालिका लाई प्रविधीमैत्री बनाउने समेत बताउनुभयो । वडाबाट अएका गुनासोको विषयगत शाखा प्रमुख तथा ९ वटै वडाका वडा अध्यक्षहरूले जवाफ दिनुभएके थियो ।

जानकी गाउँपालिकाको आयोजनामा सुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण सञ्चारकर्मी समूह टिकापुरले गरेको थियो ।