जानकी गाउँपालिका- ९ द्धारा छात्रवृति वितरण तथा जेष्ठ नागरीकलाई सम्मान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जानकी गाउँपालिका- ९ द्धारा छात्रवृति वितरण तथा जेष्ठ नागरीकलाई सम्मान



नेत्रप्रसाद न्यौपाने
लम्की, कैलाली । कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ को वडा कार्यालयले बुधबार वडा भित्रमा रहेका विद्यालयका विद्यार्थिहरुलाई छात्रवृती तथा वडा अन्तगर्त रहेका जेष्ठनागरीक हरुलाई सम्मान गरेको छ ।

जानकीगाउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीको अध्यक्ष्यतामा भएको कार्यक्रममा समाजसेवी बुद्धीजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

वडाले गाउपालिकामा रहेका ८५ वर्ष माथीका २७ जनालाई जनही छाता र टर्च वितरण गरिएको छ । यस्तै वडा अन्तरगत रहेका विद्यालयमा अध्यन गरिरहेका १६ जना न्युन आयस्तर रहेका बालबालिकाहरुलाई जनही १ थान झोला,१ दर्जन कपी,१ दर्जन डट्पेन र पोशाक खरिदका लागी नगद १ हजार छात्रवृती स्वरुप वितरण गरिएको छ ।

वडा अध्यक्ष भण्डारीले जेष्ठनागरीक लाई वडाले सधै सम्मान गर्ने बताउदै उहाहरु वडाकै सम्पत्तिको रुपमा रहेकाले अहिले वर्षातको समयमा पानी पर्ने र वृद्धवृद्धाहरुलाई बाहिर निस्कन समेत गाह्रो भएका भेला छाता प्रदान गरेको र रातीको समयमा बाहिर निस्कदा सजिलो होस भनी टर्च वितरण गरिएको बताउनुभयो । उहाले वडा अन्तरगत रहेका विद्यालयमा अध्यनरत विद्यार्थिहरुलाई पठनपाठनमा सहज होस भन्ने उदेश्यका साथ विद्यार्थिहरुलाई छात्रवृति प्रदान गरेको बताउनु भयो ।

कार्यक्रममा स्वागत गर्दै वडा सदस्य विजय बहादुर रावलले जेष्ठनागरिक हरुलाई सम्मान गर्नु जनप्रतिनिधीहरुको कर्तव्य रहेको बताउदै आगामी दिनमा अर्झै जेष्ठनागरिक हरुका लागी थप रचनात्मक कार्यक्रम ल्याउने र वडा अन्तरगत रहेका विद्यालमा गई आर्थिक रुपमा विपन्न गरिब तथा असाय बालबालिकाहरुलाई छनौट गरि छात्रवृति प्रदान गरिएको बताउनु भयो । उहाले जनप्रतिनिधि निर्वाचित भई आएको १ वर्ष पुरा भएको उक्त अवधीमा धेरै कुरा बुझदा बुझदै बितेकाले अब नया आर्थिक वर्षमा शिक्षामा वडामा आफनो प्रत्यक्ष निगरानी हुने समेत बताउनु भयो । पछिल्लो समयमा वडा अन्तरगतका विद्यालयमा सा सान कुराहरुमा समेत लापरबाही भएको बताउदै विद्यार्थिहरुलाई अथवा विद्यालयको गुण्स्तर बढाउने सबै बताबरण मिल्नुपर्ने बताउनु भयो ।

छात्रवृति तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा सदस्य विजय रावल,कलपना खड्का,शेरबहादुर विक र सुनकोशा सार्किले बोल्नु भएको थियो । कार्यक्रमको सन्चालन वडा सचिब प्रेमबहादुर बुढाले गर्नुभएको थियो ।