जनगणनामा गम्भीर त्रुटी: सांसदहरूकै गणना भएन, पुनर्गणना गर्न माग
काठमाडौँ- भर्खरै सकिएको जनगणनामा गम्भीर त्रुटी भएको भन्दै सांसदहरूले नै पुन: गणना गर्न माग गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न समेत माग गरे।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरे।
उनले काठमाडौंमा सधैं माइग्रेसन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हँुदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए।
‘काठमाडौंमा जहिले पनि माईग्रेसन बढि हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माइग्रेसन संघीयताले पनि रोकेको छैन । उता अरु जिल्ला बढने र काठमाडौं नबढने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस्’, सांसद पाण्डेले भने, ‘कतै राम्रो भएन कि। या अस्थायी रुपले माइग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरु कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि ? केही त जष्टिफिकेसन हुनु प¥यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किएकी । नत्रभने यो तथ्य मिलेन । विगतमा त्यो बढेर आउथ्यो।’
काँग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन्। उनले विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ ? भनी केन्द्रीय तथ्यांक विभागलाई प्रश्न गरिन्।
सांसद राईले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन्।
उनले भनिन्, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन । र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त ?’
पहिले जनगणना हुँदाखेरी घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जेन्टसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति ? सबै तथ्यांक लिइने गरे पनि योपटक यो कुराहरु आफ्नोे टोलमा नभएको उनको गुनासो थियो।
‘तर यसलाई सिरियस्ली रुपमा राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन । तथ्यांक आएको छैन । विदेशमा गएकाहरुको गणना छुटेको अवस्था छ’, उनले थपिन्, ‘छुटेको जनसंख्यालाई गणना गर्ने के कार्यक्रम छ, योजना छ ? त्यो पनि आउनु प¥यो । र हाम्रो देशको जनसंख्या सही तरीकाले तथ्यांक सहित आउनु प¥यो । मलाई लाग्छ, फेरी पनि पुनर्गणना ग¥यो भने सही तथ्यांक आउँछ ।’
यता, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए।
उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए।
महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नतिजाको कामलाई विभागले इमानदारिताका साथ समयमै सम्पन्न गराएको पनि बताए।