नेकपाले टुंगो लागायो जनवर्गीय एकता,युवामा सापकोटा र विद्यार्थीमा महर - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

नेकपाले टुंगो लागायो जनवर्गीय एकता,युवामा सापकोटा र विद्यार्थीमा महर



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जनवर्गीय एकता टुङ्गयाएसँगै युवाको अध्यक्ष तत्कालीन माओवादीका रामप्रसाद सापकोटाले पाएका छन् । त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् ।