संसद् सचिवालयमा जम्मा भए माधव नेपाल समूहका सांसदहरू - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

संसद् सचिवालयमा जम्मा भए माधव नेपाल समूहका सांसदहरू



काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सिंहदरबारमा जम्मा भएका छन् । वरिष्ठ नेता नेपाल संसद् सचिवालयमा पुगिसकेका छन् ।

सामुहिक राजिनामा दिन चर्चा चलिरहेका बेला संघीय संसद् सचिवालय सिंहदरबारमा उनीहरु जम्मा भैरहेका छन् । आइतबार दिउँसो ३ बजेदेखि सचिवालय परिसरमा सांसदहरू जम्मा भैरहेका छन् ।

सांसदहरू जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायत छन् । केही सांसद भने सिंहदरबार नजिक रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत राख्नुभन्दा अगाडी सामुहिक राजिनामा दिने भन्दै नेपाल समुहले हस्ताक्षर संकलन गरिसकेका छन् ।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले आफूनिकट नेताहरुसँग परामर्श गरिरहेका छन् । पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।

२ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । तर, पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन् ।

यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मत संख्या पुग्दैन ।