अब खेतीयोग्य जमिन बाँझो राखे जग्गा अर्कैलाई - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

अब खेतीयोग्य जमिन बाँझो राखे जग्गा अर्कैलाई



बुटवल – रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ।

प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र सैनामैना नगरपालिकाले जग्गाावालाबाट जरिवाना असुल्ने छ।

जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैले भाडामा लगाउने छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

खेतियोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए।

‘अब कुनै बहानामा खेतियोग्य जमिन प्लटिङ गर्न पाइने छैन’ उनले भने ‘यसअघि भएका प्लटिङ पनि खाली राख्न दिइनेछैनौं।’