सबैभन्दा धनी उम्मेदवारको जमानत जफत - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सबैभन्दा धनी उम्मेदवारको जमानत जफत



काठमाडौं । यसपालीको लोकसभा चुनावमा भारतका थुप्रै धनाढ्यहरु चुनावमा उत्रिए । ती उम्मेदवार आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार शीर्ष १० धनी उम्मेदवारको सूचीमा आन्ध्र प्रदेशका ३, बिहारका २, मध्यप्रदेशका २, तमिलनाडु, कर्नाटक र तेलंगानाका एक एक जना परेका थिए ।

धनाढ्य र चुनावमा जीत हात पर्ने प्रत्यासीमध्ये मध्य प्रदेशका मुख्यमन्त्री काँग्रेसका नकुल नाथ थिए । त्यहीँ हार्ने धनाढ्य प्रत्यासी ज्यातिरादिइ सिंधिया बने ।

शीर्ष १० धनाढ्य उम्ेदवार मध्ये पाँच जनाले जीत हात पारे । पाँच जना पछारिए । हेरौं कसले जिते को पछारिए । भारतकै सबभन्दा धनी उम्मेदवारका दरिएका बिहारका रमेश कुमार शर्माको नाम थियो । उनी पाटलिपुत्र सीटबाट बिना दल स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडे ।

तर दुर्भाग्य उनले जम्माजम्मी १५५६ भोट मात्रै पाए र धरौटी समेत उठाउन सकेनन् । आफ्नो उम्मेदवारी दर्ता पत्रमा उनले आफ्नो ११०७ करोडको सम्पत्ति विवरण उल्लेख गरेका थिए ।

शर्मापछि दोश्रो धनी उम्मेदवारको रुपमा थिए काँग्रेसका विश्वेश्वर रेड्डी । उनले पनि हारको सामना गर्नुपर्यो । तेलंगानाको चेवेल्ला सीटमा उनलाई टीआरएसका जी रञ्जीत रेड्डीले १४ हजार ३१७ मतले हराइदिए ।

अपोलो समूहका अध्यक्ष सी प्रताप रेड्डीका ज्वाईँ विश्वेश्वर भारतका दोश्रो धनी उम्मीदवार थिए । उम्मेदवारी दर्ताका क्रममा उनले आफ्नो कूल सम्पत्ति ८९५ करोड रुपैयाँ भन्दा बढी रहेको घोषणा गरेका थिए । उनी गत वर्षको डिसेम्बरमा टीआरएस छोडेर काँग्रेसमा पसेका थिए ।

मध्य प्रदेशका मुख्यमंत्री कमलनाथका पुत्र कांग्रेस उम्मीदवार नकुल नाथ ६६० करोड भन्दाबढी सम्पत्ति सहित तेश्रो धनाढ्य उम्मेदवार बनेका थिए । उनी मध्य प्रदेशको छिंदवाडा सीटका लागि चुनाव लडे । उनले बीजेपीका नत्थन शाहलाई ३७ हजार ५३६ मतले हराए ।

४१७ करोड रुपैयाँका मालिक काँग्रेसका एच वसंताकुमार धनाढ्य उम्मेदवारको चोथो सूचीमा थिए । तमिलनाडु की कन्याकुमारी सीटमा उनले २ खाल ५८ हजार ९३३ मत अन्तरले केन्द्रीय मन्त्री पोन राधाकृष्णनलाई हराए ।

मध्य प्रदेशको गुनाका कांग्रेस उम्मेदवार ज्योतिरादित्य सिंधिया ३७४ करोड रुपैयाँको सम्पत्ति सहित भारतका पाचौं धनाढ्य उम्मेदवार बने । उनलाई बीजेपीका कृष्ण पाल सिंहले १ लाख २५ हजार बढी मतले हराए ।

धनाढ्य उम्मेदवारको सूचीमा छैटौं नम्बरमा परेका वीरा पोटलूरी वाईएसआर, कांग्रेसको टिकटबाट विजयवाडा सीटमा लडे । तर उनी ८ हजार ७२६ मतले टीडीपीका उम्मीदवारसँग हारे । उनले आफुसँग ३४७ करोड रुपैयाँको सम्पत्ति भएको घोषणा गरेका थिए ।

काँग्रेसका उदय सिंह सातौं धनी उम्मेदवारको रुपमा प्रस्तुत भए, बिहारको पूर्णीया सीटबाट । उनी २ लाख ६३ हजार मतले पराजित भए । उनले ३४२ करोड रुपैयाँको सम्पत्ति देखाएका थिए ।

३३८ करोड रुपैयाँको सम्पत्ति विवरण देखाउँदै, काँग्रेसको टिकटबाट चुनाव लडेका डीके सुरेश आठौं धनी उम्मेदवारको सूचीमा परे । बेंगलुरु ग्रामीणबाट चुनाव लडेका सुरेशले भने २ लाख ६हजार ८७० मतले चुनाव जिते ।

धनाढ्य उम्मदवारको सूचीमा नवौं नम्बरमा परेका केआरके राजाले पनि ३१ हजार ९०९ मत अन्तरले नासापुरम सीटमा चुनाव जिते । उनले आफुसँग ३२५ करोड सम्पत्तिको घोषणा गरेका थिए ।
धनाढ्य उम्मेदवारको सूचीमा दशौं नम्बरमा थिए जयदेव गल्ला । ३०५ करोड रुपैयाँका मालिक गल्लाले आन्ध्र प्रदशको गुंटूर सीटबाट चुनाव जिते । (एजेन्सीको सहयोगमा)