विश्व किर्तीमानी चलचित्र 'जालो' हेर्नुहोस - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विश्व किर्तीमानी चलचित्र ‘जालो’ हेर्नुहोस



काठमाडौं । नेपाली कथानक चलचित्र जालोको युट्युब रिलिज गरिएको  छ । अराजकेशवले निर्देशन गरेको चलचित्र जालो हल रिलिजको करिब एक वर्षपछि युट्युब रिलिज गरिएको हो ।

जालो वन सट मुभी हो । वन सटमा खिचिएको विश्वकै लामो यो चलचित्रले गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा पनि संसारकै लामो वन सट मुभीको रेकर्ड लेखाएको छ ।

मेनुका प्रधान, रेमण्डदास श्रेष्ठ, निर शाह, अनुपविक्रम शाही, निराजन प्रधान, मुना गौचनलगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । यसको सिक्वेलको हल रिलिज हुन बाँकी नै छ ।

https://youtu.be/8NiZivKc1vE