नक्कली नोट बनाउने पक्राउ, नेपाली र भारतीय नक्कली लाखौँ नोट बरामद - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

नक्कली नोट बनाउने पक्राउ, नेपाली र भारतीय नक्कली लाखौँ नोट बरामद



महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका ५, गौशाला बजार डेरा गरी बस्ने ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित प्रहरीले समातेको छ ।

जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छाप्दै आएका उनी प्रहरीको फन्दामा परेका हुन् । प्रहरीले उनको साथबाट तयारी तथा कटिङ नगरेका विभिन्न दरका ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।

उनको साथबाट ५ हजार ७० नेपाली रुपैयाँ, २६ भारतीय रुपैयाँ, १ थान कैंची, १ थान प्रिन्टर, १ थान रबर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मा गान्धीको छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाइल समेत बरामद भएको छ ।